काठमाडौं । साताको चौँथो कारोबारको दिन सुनको मूल्य प्रतितोला ६ सयले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सयमा खरिद बिक्री भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रहेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज सुनको मूल्य बढेसँगै चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँले कारोबार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्