काठमाडौं । साताको तेस्रो कारोबारको दिन नेप्से बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ९.४४ अंकले बढेर २०८५.७१ बिन्दुमा बन्द भएको हो ।
३१५ कम्पनीको ७६ लाख २४ हजार ३ सय ७६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ९ सय ७ रुपैयाँ कारोबार भएको छ ।
आज मगलबार एक कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त वित्तिय संस्था लिमिटेडकाे सेयरमा ९.९९ प्रतिशतले सर्किट लागेको हो । साथै, गुराँस लघुवित्त वित्तिय संस्था लिमिटेड ९.४२, युनाईटेड अजोड इन्स्योरेन्सको ७.४० प्रतिशत सहित २१८ कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्