Skip to content
Shikhar Insurance
National Life

सिद्धान्तबाट विचलित भएको छैन, अर्थतन्त्र सबल नभइ प्रदेश चल्दैनः सभामुख बिष्ट

Hyundai
NCELL
NIMB

कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले आर्थिक रुपले देश सबल नभए प्रदेश संरचना धान्न नसक्ने बताएका छन् । कोशी प्रदेशको सभामुखमा निर्वाचित भएसँगै सञ्चारमाध्यमहरुमा बोली फेरिएको भन्ने भ्रम फैल्याइएको भन्दै उनले आफुले जनताबाट निर्वाचित हुँदा र सभामुख भइसकेपछिको सिद्धान्तमा परिवर्तन नगरेको बताएका हुन् ।

उनले आफु सभामुखमा सर्वसम्मत निर्वाचित भइसकेपछि संविधान बमोजिम पदिय दायित्वअनुसार काम गर्ने बताए । उनले प्रदेश बलियो हुन आर्थिक रुपमा सबल हुनुपर्ने बताए । देशको अवस्था आर्थिक रुपमा मजबुत नरहेकाले प्रदेश संरचना सञ्चालन चुनौतिपूर्ण रहेको बताए । उनले अर्थतन्त्र बलियो बनाउन नसके प्रदेश संरचनामा निरन्तर प्रश्न उठ्ने दाबी गरे ।

उनले भने, ‘म सभामुखमा सर्वसम्मत ढंगले निर्वाचित भइसकेपछि संविधान बमोजिम काम गर्ने मेरो कर्तव्य र अधिकार जिम्मेवारी हो । त्यसअनुसार नै काम गर्नुपर्छ । प्रदेशलाई कमजोर वा बलियो बनाउने भन्नेकुराहरु घरिघरि उठ्छ । विचार परिवर्तन गरेको हो की भन्नेकुरा उठ्छ । म हिजो जुन सिद्धान्तमा रहेको थिएँ । त्यो सिद्धान्तबाट अहिले पनि विचलित भएको छैन । प्रदेश बलियो हुन आर्थिक रुपमा सबल हुनुपर्छ । देशको अर्थतन्त्र जुन डामाडोल अवस्थामा छ । यसमा तीन तहको सकरार धान्दैन की भन्ने जुन कुराहरु उठेको छ ।  त्यसमा अहिले पनि विचलित भएको छैन । प्रदेश बलियो हुनका लागि आर्थिक रुपले सबल हुँदै आयो भने प्रदेश धान्न सक्छ, नत्र गाह्रो पर्छ । यसले सबै भएर बलियो बनाउन सक्यो भने प्रदेश रहन पनि सक्छ नत्र कालान्तरमा यसको विषयमा प्रश्न जुन उठेको छ, अझै बढी सबल भएर जानसक्ने कुरा छ । प्रदेशको खास काम भनेको ऐन, कानून बनाउने, नीति निर्माण गर्नेकुरा हो । यसमा विभिन्न समितिको सभापतिहरुको निर्वाचन हुन बाँकी छ । यो निर्वाचन छिटो भन्दा छिटो सबै दलहरुसँग कुरा गरेर, सामञ्जस्यता मिलाएर सर्वसम्मत ढंगले गर्ने सकेसम्म र अन्य कामहरु जिम्मेवारीपूर्ण रुपमा गर्ने साथमा लाग्दछु । सरकारले स्थायित्व पाइदियो भने विकास निर्माणका काम अघि बढ्छन् । त्यसमा सरकारले गर्ने कुरा हो । गरिरहेको होला ।’

पाए मात्रै विकास निर्माणका काम अघि बढ्न सक्ने भन्दै स्थायित्व दिन आवश्यक रहेको सभामुख बिष्टले स्पष्ट पारे । —न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्