Shikhar Insurance
National Life

बागलुङ नगरपालिकाद्धारा बाँझो जग्गामा फलफूलखेती

सिंहदरबार संवाददाता
२०८० माघ २२, सोमबार १७:३१
Hyundai
NCELL
NIMB

बागलुङ । बसाइँरसाइका कारण खेतीयोग्य जमिन बाँझो बन्दै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोगको अभियान थालेको छ । नगरपालिकाले बाँझो जग्गामा रहेका कुकाठ हटाइ सुक्खा फलफूलखेतीका लागि स्थानीयलाई प्रेरित गर्दै आएको बताएका हुन् ।

फलस्वरुप नगरपालिकाका तित्याङ, मालिका, सिगाना र रायडाँडालगायतमा ओखर र किबीखेती सुरु गरिएको हो । बसाइँसराइलगायतका कारणले जनशक्ति अभावसँगै खेतीयोग्य जमिन बाँझिदै गएको छ । बाँझो जग्गामा उम्रेका रुख तथा झाडी हटाएर ओखर र किबीखेती गर्न थालिएको हो । वडा नं ९ तितङमा दुई वर्षदेखि फलफूल प्रवद्र्धनात्क कार्यक्रम गर्दै आएको नगरपालिकाले यसवर्ष ओखर खेती सुरु गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तित्याङको ४२ रोपनी खेतीयोग्य जग्गामा ओखरखेतीका लागि २ सय ५० बिरुवा लगाइसकिएको नगरपालिकाले जनाएको छ । साथै सिगाना, मालिका र रायडाँडामा कूल एक सय ५० रोपनी जग्गामा पहिलो चरणमा ओखरखेती सुरु गरिएको नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । “पहिलो चरणमा ओखरखेती गरिएको र दोस्रो चरणमा किबीखेतीका लागि स्थानीयलाई बिरुवा वितरण गर्ने नगरपालिकाको योजना छ” प्रमुख श्रेष्ठले भने, “यसको उद्देश्य बाँझो जग्गा सदुपयोगसँगै स्थानीयवासीलाई आयआर्जनमा जोड्नु हो ।”

चालु आर्थिक वर्षमा २० लाख ४० हजार रुपैयाँ बजेटबाट ओखर र किबीखेती विस्तार गर्न थालिएको नगरपालिकाका आर्थिक विकास समितिका संयोजक नारायण शर्मा पौडेलले बताए । सिँचाइको समस्या रहेका स्थानमा फलफूलखेती राम्रो गर्न सकिने भएकाले स्थानीयलाई त्यसतर्फ अग्रसर गराइएको नगरपालिकाका कृषि प्राविधिक राहुल केसीले बताए । “गाउँमा धेरै जग्गा बाझिँदै गएको छ, बाँझो जग्गामा फेरि खाद्यबाली लगाउन समस्या हुन्छ, उब्जानी थोरै हुनेभएपछि किसान खाद्यबालीमा आर्कषित छैनन्”, उनले भने, “फलफुलखेतीमार्फत स्थानीयलाई गाउँमै टिकाउने प्रयास पनि हो ।”

फलफूल प्रबद्र्धन तथा ड्राइफ्रुट खेती विस्तार अभियान अन्तर्गत ७० प्रतिशत नयाँ बिरुवा लगाउने र ३० प्रतिशत पुरानो बगैँचा व्यवस्थापन गर्न सकिने केसीको भनाइ छ । नगरपालिकाले यसवर्ष लगाउने भनेको एक हजार पाँच सयमध्ये २ सय ५० बिरुवा लुम्बिनी वल्र्ड पिस फोरमले उपलब्ध गराएको हो । तित्याङमा २ सय ५० ओखरका बिरुवा लगाइएको छ भने मालिकामा पाँच सय ओखरका बिरुवा लगाउन पठाइएको छ । ओखरका विरुवा सुक्खा फलफुल विकास केन्द्र बैतडीबाट ल्याइएको केसीको भनाइ छ ।

सुक्खा फलफूल खेती अभियान प्रत्येक वडामा क्रमशः लागू हुने नगरपालिकाले जनाएको छ । प्रत्येक वडाको भूगोल र हावापानी सुहाउँदो फलफूलका बिरुवा रोप्ने कार्यक्रम अन्तर्गत समुद्र सतहदेखि एक हजार पाँच सय मिटरभन्दा माथिल्लो भागमा सुक्खा फलफूलखेती गर्न थालिएको छ । ओखरले पाँच वर्षमा उत्पादन दिन थाल्ने कृषि प्राविधिक बताउँछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्