काठमाडौं । नेकपा एमालेका अध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकारको अकर्मण्यता, अयोग्यता, सत्ता लिप्सा र संकीर्ण स्वार्थले देश छियाछिया भएको बताएका छन् । सोमवार प्रेस चौतारी नेपालको २६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिलेको मुलुकको परिस्थिति कहाली लाग्दो रहेको बताए । उनले देशको अहिलेको स्थिति मल्टी अर्गन फेलियर रहेको बताए । उनले देशलाई यो ठाउँमा ल्याइपु¥याउने काम अहिलेको गठबन्धन सरकारले गरेको आरोप लगाएका छन् । उनले शिक्षा, स्वास्थ्य, श्रम रोजगार, अन्तर्राष्ट्रिय श्रम बजार, अर्थतन्त्र, सुशासन, कृषि, पर्यटन कतै पनि चित्त बुझाउने अवस्था नरहेको बताए । उनले प्रतिपक्षका जायज आवाज सुन्ने खालको अभ्यास हुनुपर्ने भएपनि अहिलेको सरकार प्रतिपक्षप्रति पूर्वाग्रही दृष्टिकोणका साथ व्यवहार गरिरहेको बताए । उनले प्रतिपक्षका आवाज किनारा लगाउने काममा सरकार उद्धत रहेको जानकारी गरे ।
उनले पार्टीको सदनमा प्रश्तुती झनै सशक्त हुने सदनको दबाबले मात्रै सत्ताका ज्यादतीहरुलाई ठेगान लगाउन सकिँदैन की भन्ने अनुभुति भइरहेकाले सबै वर्गका समुदायलाई साथमा लिएर सडकबाट पनि सशक्त दबाब सिर्जना गर्नुपर्ने परिस्थिति बनिरहेका बताए । उनले भने, ‘अहिलेको मुलुकको परिस्थिति साँच्चि नै कहाली लाग्दो छ । गठबन्धन सरकारको अकर्मण्यता, अयोग्यता, सत्ता लिप्सा, संकीर्ण स्वार्थले गर्दा देश आज छियाछिया भएको छ । तपाईले कुनै त्यस्तो क्षेत्र पाउनुहुन्न जहाँ हामी समस्यामा होइन । गम्भीर समस्यामा नभएका हौँ । डाक्टरले गम्भीर बिरामीलाई कतिपय अवस्थाका बिरामीलाई मल्टी अर्गन फेलियर भन्ने गर्दछन् । मुटु हेर्दा खराब छ, फोक्सो खराब छ, कलेजो खराब छ, ब्लड खराब छ । ल्याब्रोटोरीका सबै इंगिटेटरहरुले खराब संकेत गरिरहेको हुन्छ ।
त्यस्तै जस्तो अहिले हाम्रो देश मल्टी अर्गन फेलियर भएको मानिसको अवस्था जस्तो बन्न पुगेको छ । देशलाई यो ठाउँमा ल्याइपु¥याउने काम अहिलेको गठबन्धन सरकारले गरेको छ । शिक्षा, स्वास्थ्य, श्रम रोजगार, अन्तर्राष्ट्रिय श्रम बजार, अर्थतन्त्र, सुशासन, कृषि, पर्यटन कतै पनि चित्त बुझाउने अवस्था छैन । प्रतिपक्षका जायज आवाज सुन्ने खालको अभ्यास हुनुपर्ने हो, लोकतन्त्र जीवन्त लोकतन्त्रका निमित्त प्रतिपक्षको आवाज महत्वपूर्ण हुन्छ । त्यस हिसावले जानुपर्ने हो । तर अहिलेको सरकार प्रतिपक्षप्रति पूर्वाग्रही दृष्टिकोणका साथ व्यवहार गरिरहेको छ । प्रतिपक्षका आवाज किनारा लगाउने साथमा चलिरहेको छ । सदनमा हाम्रो प्रश्तुती आउने दिनमा अझ सशक्त हुनेछ । सदनको दबाबले मात्रै सत्ताका ज्यादतीहरुलाई ठेगान लगाउन सकिँदैन की भन्ने अनुभुति हुँदैछ । सडकबाट पनि हामी सबै वर्गका समुदायलाई साथमा लिएर सडकबाट पनि सशक्त दबाब सिर्जना गर्नुपर्ने परिस्थिति बन्दैछ ।’
प्रतिक्रिया दिनुहोस्