Shikhar Insurance
National Life

१४.५७ अंकले बढ्यो सेयर बजार, कारोबार रकम २ अर्ब माथि

सिंहदरबार संवाददाता
२०८० माघ २२, सोमबार १५:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १४.५७ अंकले बढेर २०७६.२७ को बिन्दुमा बजार बन्द भएको हो ।

सोमबार ३१० कम्पनीको ७४ लाख ९१ हजार ३ सय ३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २५४ रुपैयाँको कारोबार भएको हो । आज सबैभन्दा धेरै हिमायन रिइन्स्योरेन्सको कारोबार भएको छ । आज १४८ कम्पनीको सेयर बढेको छ भने ८६ कम्पनीको घटेको छ । आज १३ कम्पनीको सेयर स्थिर रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने आज सबैभन्दा धेरै गुमाउनेमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य घटेको छ । कम्पनीको ६.७८ प्रतिशत वा प्रतिकित्ता ६१ रुपैयाँले सेयर मूल्य घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्