काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसुचक दोहोरो अकंले बढेको छ । नेप्से १४.५७ अकंले बढेर २०७६.२७ बिन्दुमा बन्द भएको हो ।
आज ३१० कम्पनीको ७४ लाख ९१ हजार ३ सय ३ कित्ता सेयर कारोबार हुदाँ २ अर्ब ४३ करोड ८ लाख ५८ हजार २ सय ५४ रुपैँया कारोबार भएको छ । आज ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।
नेपाल दुर सञ्चार कम्पनीको १० प्रतिशत, पिपुल्स् पावर लिमिटेडको १० प्रतिशत, समाज लघुवित्त वित्तिय लिमिटेडको ९.९९ प्रतिशत, जोशी हाईड्रोपावरको ९.९६ प्रतिशत सहित १७७ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्