काठमाडौं। साताको दोस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । सोमबार छापावला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ९५० रुपैयााँ कारोबार भएको छ । अघिल्लो दिन १ लाख १८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो भने अघिल्लो दिन १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्