काठमाडौं । आफ्नो २२ महिने कार्यकाल सकेर नेपाल धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष रमेश हमाल पुस २० गतेदेखि बिदामा बसे । त्यसको चार दिनपछि अर्थात पुस २४ गते नेपाल दुर सञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिए । मन्त्रिपरिषद बैठकले सोही दिन खनालको राजीनामा स्वीकृत गर्दै अर्काे अध्यक्ष छनौटका लागि समिति गठन गर्यो । र अहिले प्राधिकरणको अध्यक्षका लागि २५ जनाको आवेदन परिसकेको छ ।
उता, पुस २० गते देखि नै धितोपत्र बोर्डको अध्यक्ष पद खाली भए पनि सरकारले त्यसका लागि तत्कालै नियुक्ति प्रक्रिया अघि बढाउन चाहेन् । त्यति मात्रै होइन, दैनिक कार्य सञ्चालनका लागि समेत कसैलाई जिम्मेवारी तोकेन् । पुस २० गतेदेखि बोर्ड नेतृत्व बिहिन थियो, सरकारले माघ ३ गते बल्ल अध्यक्ष छनौट समिति गठन गर्यो । तर त्यो समितिले अझैसम्म पनि आफ्नो काम आरम्भ गर्न सकिरहेको छैन् । समितिमा विज्ञ सदस्यको जिम्मेवारी दिएका उदय निरौलाको बिशेषज्ञतामा प्रश्न उठेपछि छनौट समितिले काम सुरु गर्नै नसकेको हो ।
सरकार अर्थात अर्थमन्त्री डा. प्रकाश शरण महतले माघ ७ गते मात्रै बोर्डमा दैनिक कार्यसञ्चालनको जिम्मेवारीका लागि पत्र लेखे । त्यसमा पनि कसलाई जिम्मेवारी दिईएको हो भन्ने खुलाएनन् । अर्थमन्त्रीले बोर्डका बरिष्ठतम कार्यकारी निर्देशकलाई दैनिक कार्य सञ्चालनको जिम्मेवारी दिईएको छ भन्ने व्यहोराको पत्र लेखे । जबकी यस अघि बोर्डमा दैनिकीको जिम्मेवारी तोक्दा बरिष्ठतम कार्यकारी निर्देशक फलनालाई जिम्मेवारी दिईएको भनेरै किटान गरिन्थ्यो ।
धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष रमेश हमालले ब्रोकर कमिसन घटाउने निर्णय गरेर स्वीकृतिका लागि मन्त्रालय पठाएको पनि महिनौं बितिसक्यो तर अर्थमन्त्री डा. महतले त्यसलाई पनि वेवास्था गर्दै आएका छन् । बोर्डले कात्तिक १ गते नै ब्रोकर कमिसन १० प्रतिशतका दरले घटाउने निर्णय गरेर स्वीकृतिका लागि मन्त्रालय पठाएका थिए, सो निर्णय अहिलेसम्म पनि स्वीकृत भएको छैन् ।
उता, पुँजी बजारमा साना कम्पनीहरुलाई समेत प्रवेश गराउनका लागि एसएमई प्लेट फर्म सञ्चालनका गर्ने भनिएको थियो । एसएमई प्लेटफर्म सञ्चालन सम्बन्धी कार्यबिधि पनि बोर्डले मन्त्रालय पठाएको आधा बर्ष नाघिसक्यो तर पनि मन्त्री डा. महतले कुनै निर्णय वा पहल लिएका छैनन् । अर्थमन्त्रीले मन्त्रिपरिषदमा लगेर स्वीकृत गराएपछि मात्रै एसएमई प्लेट फर्म सञ्चालनमा ल्याउन सकिन्छ ।
त्यति मात्रै नभएर नेप्सेको पुनःसंरचना सम्बन्धी प्रतिवेदन मन्त्रालय पुगेको पनि महिनौं बितिसक्यो । त्यसमा पनि अर्थमन्त्रीले अहिलेसम्म कुनै रुचि देखाएका छैनन् ।
‘अर्थमन्त्रीले पुँजी बजारको सुधारका लागि कुनै चासो नै देखाउनु भएको छैन्, हामीले पनि पटक पटक कुरा गरेका थियौं । उहाँले हुन्छ गरौंला भन्ने बाहेक केहि भन्नु भएन तर काम केहि पनि गर्नु भएको छैन्’ एक लगानीकर्ताका अगुवाले सिंहदरबारसँग भने ।
मन्त्री डा. महतकै अनिच्छाका कारण अहिले बजार सुधारका थुप्रै प्रयासहरु अलपत्र परिहेको आरोप पनि उनले लगाए ।
‘मन्त्रीज्यरुले बजार सुधारका लागि किन अनिच्छा देखाउनु भएको हो ? थाहा छैन् । अर्थशास्त्रमै विद्यावारिधि गर्नु भएका मन्त्रीले कुरा बुझ्नु भएन भन्न पनि सकिन्न । उहाँको नियतमा खोँट पनि के लगाउनु ? हामी त रनभूल्लमा छौं’, अर्का एक लगानीकर्ताले भने ।
डेढ महिनादेखि अर्थमन्त्रीले रोके ब्रोकर कमिसन घटाउने निर्णयको फाइल
धितोपत्र बोर्डमा ‘दैनिकी’को जिम्मेवारी कसैले पाएनन्, अर्थमन्त्रीको नियत र कार्य क्षमतामा प्रश्न
धितोपत्र बोर्डमा अध्यक्ष छान्न सरकारको अरुचि, नयाँ स्टकको चर्चाले गठबन्धन ‘हच्कियो’
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीका लागि गठित समिति नै त्रुटिपूर्ण
प्रतिक्रिया दिनुहोस्