Shikhar Insurance
National Life

एशियन लाइफले एकै पटक घोषणा गर्यो ७.७५ प्रतिशत बोनस र ४२ प्रतिशत हकप्रद

सिंहदरबार संवाददाता
२०८० माघ २१, आईतवार ११:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले बोनस सेयर र हकप्रद सेयर एकै पटक घोषणा गरेको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई ७.७५ प्रतिशत बोनस सेयर र ५२ प्रतिशत हकप्रद सेयर घोषणा गरेको हो ।

कम्पनीले आर्थिक बर्ष २०७९।८० को नाफाबाट लगानीकर्ताहरुलाई ७.७५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । त्यस्तै, कम्पनीले चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याउनका लागि ४२ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय पनि गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि एशियनका लगानीकर्ताले ७.७५ प्रतिशत बोनस सेयर पाउनेछन् । ४२ प्रतिशत हकप्रद सेयर भने बीमा प्राधिकरणबाट स्वीकृत भैसकेको छ ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएर साधारण सभाबाट पास गरेपछि एशियनका लगानीकर्ताले ४२ प्रतिशत हकप्रद सेयर पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्