काठमाडौं। साताको पिहलो कारोबारको दिन सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । आइतबार छापावला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९ सय रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ३५० रुपैयााँ कारोबार भएको छ । अघिल्लो दिन १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो भने अघिल्लो दिन १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्