Shikhar Insurance
National Life

अब माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छः डा. कोइराला

सिंहदरबार संवाददाता
२०८० माघ १९, शुक्रबार ११:४३
Hyundai
NCELL
NIMB

नवलपुर । नेपाली काँग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले अब माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् । कावासोतिमा नेत्रप्रसाद भुषाल स्मृतिमा नेपाल प्रेस युनियनले स्थापना गरेको पुरस्कार घोषणा कार्यक्रममा उनले प्रधानमन्त्री प्रचण्ड सरकार असफल भएकाले अब पूर्व सहमति अनुसार माधव नेपाललार्य प्रधानमन्त्री बनाउनुपर्ने बताएका हुन् ।

‘प्रधानमन्त्री आफैं सरकारको कामकारबाहीबाट सन्तुष्ट हुनुहुन्न, त्यो भनेको प्रचण्डको सरकार असफल छ भन्ने हो । अब ढिला नगरी पूर्व सहमतिअनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनु पर्छ ।’, डा. कोइरालाले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कोइरालाले सरकार सञ्चालन गर्न दुरगामी दृष्टिकोण र आर्थिक पक्ष महत्वपूर्ण हुने बताउँदै प्रचण्ड सरकार यी दुबै पक्षमा असफल भैसकेको दावी पनि गरे । ‘यी दुवै कुरामा प्रचण्ड असफल हुनु भएको छ, अब ढिला नगरी दलहरुको पूर्व सहमतिअनुसार नेपाललाई प्रधानमन्त्री बताउनुपर्छ ।’, कोइरालाले भने ।

माधव नेपालपछि शेरबहादुर प्रधानमन्त्री हुने पनि उनले सुनाए । ‘यो सहमतिको सरकार हो । सबैले पूर्व सहमति पालन गर्नुपर्छ भन्ने लाग्छ’ कोइरालाले भने ।

फागुन पहिलो साता काठमाडौंमा हुने काँग्रेस महासमितिको भेलामा हिन्दु राष्ट्र र संघीयताको विषय आफुले कुरा उठाउने जानकारी पनि दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्