काठमाडौं। साताको अन्तिम कारोबारको दिन सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ। शुक्रबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९५० रुपैयााँ कारोबार भएको छ । अघिल्लो दिन १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो भने अघिल्लो दिन सोहि १ हजार ४ सय १५रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्