Shikhar Insurance
National Life

कुमारी क्यापिटलले माघ २८ गतेबाट ‘कुमारी सबल योजना’ निष्कासन गर्दै

सिंहदरबार संवाददाता
२०८० माघ १९, शुक्रबार १०:४०
Hyundai
NCELL
NIMB

काठमाडौँ । कुमारी क्यापिटलले म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ । क्यापिटलले ‘कुमारी सबल योजना’ को माघ २८ गतेबाट कुल १० करोड इकाई निष्कासन गर्न लागेको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। निष्काशन गरिने कुल इकाईमध्ये १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटललाई छुट्याइएको छ भने १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरीएको छ। क्यापिटलले बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

इकाइधनीहरुले उक्त इकाईमा फगुन २ गतेसम्म सबै इकाईको लागि आवेदन नपरेमा फगुन १३ गतेसम्म खुल्ला रहने सूचनामा उल्लेख गरेको छ । बिक्री खुला भएको अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिने जानकारी गरेको छ । फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्