काठमाडौं । उद्योगी हरिभक्त शर्माले व्यवसायीक काम र आपराधिक काम छुट्टाएर हेर्नुपर्ने बताएका छन् । उद्योगी अरुण चौधरी पक्राउ परेपछि आयोजित पत्रकार सम्मेलनमा नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष समेत रहेका शर्माले उद्योगी व्यवसायीहरु माथिको धरपकडले देशमा लगानी निरुत्साहित हुने बताए ।
उनले व्यवसायीलाई पक्राउ गरेर सरकारले लगानी सम्मेलन अघि गलत सन्देश दिएको आरोप पनि लगाए ।उनले देशमा रोजगारी दिएका, कर तिरिरहेका व्यवसायीहरुको आत्मसम्मानको ख्याल गरिनुपर्नेमा पनि जोड दिए ।
शर्माले देशमा गरिखाने वातावरण छैन भन्ने सन्देश जाने गरि सरकारले गतिविधि गरिरहेकोमा दु:ख पनि ब्यक्त गरे । देश छाड्नेहरुको लर्को लागिरहेका बेला देशमै व्यवसाय गरिरहेकाहरुलाई पक्राउ गरिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी पनि गरे ।
प्रतिक्रिया दिनुहोस्