काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार राताम्मै भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ३०.९२ अंकले घटेर २०६७.०१ को बिन्दुमा बजार बन्द भएको हो ।
आज समलिङ्ग पावर कम्पनीको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर ९.४२ प्रतिशतले प्रतिकित्ता ६५ रुपैयाँले घटेर ६२५ रुपैयाँ पुगेको छ । साथै, मिड सोलु हाइड्रोपावरको ६.८८ प्रतिशत,मोलुङ हाइड्रोपावरको ६.४७ प्रतिशत सहित २२६ कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्