काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार राताम्मै भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ३०.९२ अंकले घटेर २०६७.०१ को बिन्दुमा बजार बन्द भएको हो ।
बिहीबार ३०९ कम्पनीको १ करोड १५ लाख १४ हजार ५ सय ७१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १३९ रुपैयाँको कारोबार भएको हो । आज सबैभन्दा धेरै हिमायन रिइन्स्योरेन्सको कारोबार भएको छ । आज १९ कम्पनीको सेयर बढेको छ भने २२६ कम्पनीको घटेको छ । आज १ कम्पनीको कम्पनीको सेयर स्थिर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्