Skip to content
Shikhar Insurance
National Life

शौर्य सिमेन्ट र स्काई होल्डिङ्ग बिजनेसबिच कन्ट्रयाक्टर मिट सम्पन्न

Hyundai
NCELL
NIMB

काठमाडौं । शौर्य सिमेन्ट ई लिमिटेड एवम् स्काई होल्डिङ्ग बिजनेस ग्रुप पब्लिक लिमिटेडको संयुक्त आयोजनामा कन्ट्रयाक्टर मिट सम्पन्न भएको छ। भक्तपुरमा निर्माण हुने भौतिक संरचनामा निर्माण सामाग्रीको छनौट, बिक्री वितरण, प्रविधि मैत्री निर्माण सामाग्रीलाई विशेष प्राथमिकता दिनुपर्नेमा विषयका छलफल गरेका हुन् ।

कार्यक्रमको सभापतित्वमा युवक राजभण्डारी (स्काई होल्डिङ ग्रुपका सल्लाहकार) ,बागमति प्रदेशका भौतिक पूर्वाधार विकास पूर्व मन्त्री कृष्णलाल भडेल, निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष कृष्ण प्रसाद अवाल तथा शौर्य सिमेन्टका ब्राण्ड प्रवन्धक अनुज महत, क्षेत्रीय बिक्री प्रबन्धक रोशन बहादुर कडायत र प्राविधिक प्रमूख दिवश देवकोटा एवम् भक्तपुरका विभिन्न निर्माण क्षेत्रमा कार्यरत कन्ट्र्याक्टरहरु यस कार्यक्रममा उपस्थित रहेकाे थियाे ।

उक्त कार्यक्रममा शौर्य सिमेन्टको प्रयोग, प्रविधि, गुणस्तर, उत्पादन क्रममा गरिने परिक्षण प्रविधि, वातावरण मैत्री प्राविधिक जानकारी एवम् शौर्य सिमेन्टद्वारा आयोजित विभिन्न सामाजिक व्यवसायिक उत्तरदायित्वका कार्यहरुको पनि जानकारी गरिएको थिए ।

कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक रोशन बहादुर कडायत द्वारा भक्तपुरका बासिन्दाहरुलाई सुपथ मूल्यका साथै सहज रुपमा सिमेन्टको उपलब्धता सुनिश्चित गर्न स्काई ग्रुप सँग साझेदारी गरिएको जानकारी कार्यक्रम मार्फत दिइएको थियो। कार्यक्रममा देशमा आर्थिक संकटको कारणले सबै निर्माण व्यवसायीहरू असहज अवस्थामा रहेको र उत्पादक कम्पनीहरुद्वारा सहजीकरणको अपेक्षा रहेको कुरा निर्माण व्यवसायीद्वारा राखिएको थियो।

शौर्य सिमेन्ट ईन्डष्ट्रिज लिमिटेड सिराहा जिल्लाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्टको उत्पादन क्षमता ४५०० मेट्रिक टन रहेको छ र दैनिक रुपमा ८०,००० बोरा सिमेन्ट उत्पादन गर्दछ। यो नेपालकै उत्कृष्ट र सबैभन्दा ठूलो सिमेन्ट उत्पादक मध्ये एक रहेको छ। कम्पनीद्वारा ४३र५३ ग्रेड ओपिसि, पिपिसि सिमेन्ट उत्पादन र बिक्री वितरण गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्