काठमाडौं। साताको पाँचौ कारोबारको दिन सुनको मूल्य प्रतितोला ५सय रुपैयाँले बढेको छ ।बिहीबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६५० रुपैयााँ कारोबार भएको छ । अघिल्लो दिन १ लाख १८ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो भने अघिल्लो दिन सोहि १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्