काठमाडौं । अन्नपूर्ण केबल कार लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले माघ १२ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयले फागुन ११ गते वाटरफ्रन्ट रिसोर्ट लेकसाईट पोखरामा आह्वान गरेको हो ।
संस्थाले आईपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने भएको छ ।
लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब खाता तथा नगद प्रवाह विवरण पारित गर्ने संस्थाको प्रस्ताव रहेको छ ।
प्रतिक्रिया दिनुहोस्