Shikhar Insurance
National Life

कुमारी बैंकको साढे चार लाख बढी सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८० माघ १७, बुधबार ११:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ५ जना संस्थापक सेयरधनीके नाममा रहेको सेयर बिक्रीमा ल्याएके हो ।

कम्पनीको पाँच जना संस्थापक सेयरधनी भरत रेग्मीको नाममा रहेको ६९ हजार ४१९ कित्ता, निशा केसीको ४४ हजार ३६५ कित्ता, संगीता केसी को ३ लाख ४१ हजार ७१९ कित्ता, प्रविशा थापाको नाममा रहेको १ हजार ७५९ कित्ता,खड्क बहादुर थापा मगरको नाममा रहेको ८ सय ६२ कित्ता गरी कुल ४ लाख ५८ हजार १२४ कित्ता सेयर बिक्रीमा ल्याएको हुन् । उक्त सेयरको न्यूनतम मूल्य भने खुलाएको छैन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको ३५ दिन भित्र कुमारी क्यापिटल वा टंगालमा कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य व्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्