Shikhar Insurance
National Life

भारतमा मोबाइल फोनको पार्टस आयातको भन्सार घट्यो, ३९ अर्ब डलर निर्यातको लक्ष्य

सिंहदरबार संवाददाता
२०८० माघ १७, बुधबार ११:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । भारत सरकारले मोबाइल फोनका पार्टपुर्जाहरुको भन्सार दर घटाएको छ । सन २०२४ सालको लोकसभा निर्वाचन अघि अन्तरिम बजेट सार्वजनिक गर्ने अघिल्लो दिन मोदी सरकारले मोबाइल फोनका पार्टपुर्जाहरु आयातको भन्सार दर घटाएको हो ।

मोबाइल फोन पार्टसहरु आयातको भन्सार दर १५ प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरिएको छ । यसले भारतमा मोबाइल फोन निर्माणको लागत ह्वात्तै घट्नेछ । भारतीय नागरिकहरुले सस्तो दरमा मोबाइल फोन खरिद गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भारतमा मोबाइल फोनका पार्टपुर्जाहरुको भन्सार दर घटाएर चिन र भियतनामका उत्पादनहरुसँग प्रतिष्पर्धा गर्न सक्ने बनाउन लामो समयदेखि माग हुँदै आएको थियो ।
अहिले भन्सार दर घटाएपछि भारतीय मोबाइल म्यानुफ्याक्चरिङ क्षेत्रले लाभ लिने र त्यसबाट निर्यात समेत ३ गुणाले बढ्ने अनुमान गरिएको छ ।

आगामी दुई बर्षभित्र भारतको मोबाइल निर्यात तीन गुणाले बढेर ३९ अर्ब डलर पुग्ने दावी गरिएको छ । सन २०२३ मा भारतले ११ अर्ब डलरको मोबाइल फोन निर्यात गरेको थियो ।

भारतीय मोबाइल उद्योगले सन २०२४ मा ५० अर्ब डलर बराबरको मोबाइल निर्माण गर्ने अपेक्षा गरिएको छ । सन २०२४ मा मोबाइल निर्यात १५ अर्ब पुग्ने र सन २०२५ मा २७ अर्ब डलरको निर्यात गर्ने लक्ष्य सरकारले लिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्