काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा पहिलो दिन नै ३ लाख ९० हजार जनाले आवेदन दिएका छन् । कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सनराइज क्यापिटलका अनुसार शुक्रबार साँझ ५ बजेसम्म ३ लाख ९० हजार १० जनाले ६५ लाख १३ हजार ९ सय २१ कित्ता सेयर माग गरेका हुन् ।
सीईडीबीको २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ शुक्रबार बाट खुलेको हो ।
कुल निष्काशनमध्ये १ लाख २५ हजार ९ सय ११ कित्ता सेयर सामूहिक लगानी कोषलाई र ५० हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बाँकी २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयरमा भने सर्वसाधारणले आवेदन दिन सक्छन् । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ लाख १८ हजार २ सय ३० कित्तासम्म आवेदन दिन सकिनेछ ।
आइपीओ जारीपछि कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुग्नेछ । आवेदन गर्नेमध्ये २ लाख ३४ हजारलाई १०–१० कित्ता आइपीओ पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्