Shikhar Insurance
National Life

इजरायललाई अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न साउदीको आग्रह

सिंहदरबार संवाददाता
२०८० माघ १६, मंगलवार १४:०२
Hyundai
NCELL
NIMB

एजेन्सी । साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले इजरायललाई अन्तर्राष्ट्रिय कानुूनको सम्मान गर्न आग्रह गरेकाे छ । साउदी राज्यको स्वामित्वमा रहेको अल अरबिया न्युज च्यानलकाअनुसार उनले आफ्नो इजिप्टका समकक्षी समेह शौकरीसँग कायरोमा संयुक्त पत्रकार सम्मेलनको क्रममा यस्तो टिप्पणी गरेका हुन् ।

जसमा दुवैले गाजा पट्टीमा युद्धविर गर्न आह्वान गरे । इजरायलले गाजाको मानवीय अवस्थाको बारेमा अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) को निर्णयलाई अस्वीकार गरेकोमा बोल्दै उहाँले अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय मानवीय कानूनहरू इजरायलमा जस्तै अरूलाई लागू हुनुपर्नेमा जोड दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्