Shikhar Insurance
National Life

पुँजीगत खर्च कम भएकाले अर्थतन्त्र विकासमुखी भएनः सहमहामन्त्री पाण्डे

सिंहदरबार संवाददाता
२०८० माघ १६, मंगलवार १३:०९
Hyundai
NCELL
NIMB

बाजुरा । नेपाली कांग्रेसका सह महामन्त्री तथा प्रतिनिधिसभाका सदस्य बद्रीप्रसाद पाण्डेले अर्थतन्त्र विकासमुखी नभएको बताएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले कोल्टीमा आयोजना गरेको कार्यक्रममा पाण्डेले पुँजीगत खर्चभन्दा अन्य खर्च बढी भएकाले विकासमुखी बजेट बन्न नसकेको जिकिर गरेको हो ।

नेता पाण्डेले सरकारले ल्याएको भन्दा थोरै बजेट विकास–निर्माणमा भएकाले प्राथमिकतामा नपरेको बताए । सहमहामन्त्री पाण्डेले अहिले संसद्मा कानुन निर्माणका लागि बनाइएका समितिले पनि काम गर्न नसकेकामा चिन्ता व्यक्त गरे । सांसदले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उनको स्वीकारोक्ति छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सहमहामन्त्री पाण्डेले भने, “प्रत्येक १० वर्षको अवधिमा संविधानमा भएका कुरा थपघट गर्न संविधान पुनरावलोकनमा सोच्नुपर्ने अवस्था आएको छ ।” कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्र्रमुख तुलसीराम रोकायाले जिल्लामा राजनीतिक नेतृत्वमा अभिभाकत्वको भूमिका निर्वाह गर्नेको खाँचो रहेको बताएको छ । जिल्लाको पर्यटकीय सम्भावना थुप्रै भएकाले त्यसको प्रचारप्रसार र पहिचान बढाउन आवश्यक रहेको समन्वय प्रमुख रोकायाले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्