Shikhar Insurance
National Life

नार्कका निर्देशक नियुक्ति छानबिन गर्न माग

सिंहदरबार संवाददाता
२०८० माघ १५, सोमबार १९:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद बिनिता कठायतले कृषि अनुसन्धान परिषद् (नार्क)का कार्यकारी निर्देशकको नियुक्तिबारे तत्काल छानबिन गर्न माग गरेकी छिन् ।

प्रतिनिधिसभा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य कठायतले आज समितिका सभापति डा.आरजु राणालाई नवनियुक्त नार्कका कार्यकारी निर्देशक डा.धुव्रराज भट्टराईको नियुक्ति ऐनबमोजिम नभएको जनाउँदै तत्काल छानबिन गर्न माग गरेकी हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले नार्कका नवनियुक्त निर्देशक डा.भट्टराईको नियुक्ति नेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८ अनुसार नभएको जनाउँदै सभापति राणालाई ध्यानाकर्षणपत्र बुझाएकी हुन् । “नियुक्त व्यक्तिले नार्क ऐन २०४८ मा उल्लेखित योग्यता पूरा नगरेको देखिन्छ”, ध्यानाकर्षणपत्रमा भनिएको  छ ।

“विशेष गरी कृषि सम्बन्धित विषयमा स्नातकोत्तर, कृषि अनुसन्धानमा दश वर्षको कार्य अनुभव र कृषि अनुसन्धानमा प्रकाशित कृतिको अभिलेख मापदण्डबाट यो विचलनले स्थापित मापदण्डको वैधता र पालनाबारे प्रश्न खडा गर्छ ।”

सभापति डा.राणाले ध्यानाकर्षणपत्र बुझ्दै उक्त विषयमा समितिमा छलफल गर्ने र आवश्यक निर्देशन दिने प्रतिबद्धता दिएको सांसद कठायतले बताइन्  ।

GBIME

प्रतिक्रिया दिनुहोस्