Skip to content
Shikhar Insurance
National Life

बीमा कम्पनीले फ्युचर बोनसका लागि २० प्रतिशत व्यवस्था गरे पुग्ने, पाँच वर्षे सुविधा

Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा कम्पनीहरुले फ्युचर बोनसका लागि २० प्रतिशत मात्रै रिभर्जमा राखे पुग्ने भएको छ । बीमा समितिले फ्युचर बोनस सम्बन्धी केहि अघि ल्याएको व्यवस्था संसोधन गर्दै पाँच वर्षभित्र फ्युचर बोनसका लागि शतप्रतिशत व्यवस्था गरे हुने सुबिधा दिएको हो ।

यसअघि बीमा कम्पनीहरुले फ्युचर बोनसका लागि अहिले नै शतप्रतिशत व्यवस्था गर्नुपर्ने थियो । समितिले जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमाङ्कीय मूल्यांकन सम्बन्धी निर्देशिका २०७७ को अनुच्छेद ४ को बुँदा नम्बर ५ मा भएको व्यवस्थालाई संसोधन गरेर कम्पनीहरुलाई सुबिधा दिएको हो ।

बीमा कम्पनीहरुले हाल घोषणा गरेको बोनस दर भविष्यमा कम नहोस भन्ने उदेश्यले फ्युचर बोनसका लागि अहिले नै व्यवस्था गर्नुपर्ने नियम बनाएको थियो । बीमांकीय मूल्यांकनका आधारमा अघि सारिएको यो व्यवस्था अहिले नै कार्यान्वयन गर्दा यसैपाली बीमा कम्पनीहरुको बोनस दर कम हुने देखिएपछि पाँच वर्षे सुबिधा दिईएको हो ।

‘फ्युचर बोनसका लागि अहिले नै शतप्रतिशत व्यवस्था गर्दा बीमा कम्पनीहरुलाइ अप्ठेरो पर्ने देखियो, कतिपय कम्पनीले यसपाली नै पुरानो बोनस दर दिन नसक्ने देखेपछि पाँच वर्षभित्र शतप्रतिशत व्यवस्था गरिसक्नुपर्ने सुबिधा दिएका हौं’, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सिंहदरबारसँग भने ।

बीमा कम्पनीहरुले फ्युचर बोनसका लागि यसपाली २० प्रतिशत व्यवस्था गर्नुपर्नेछ भने आगामी पाँच वर्षभित्र शतप्रतिशत व्यवस्था गरिसक्ने योजना पेश गर्नुपर्नेछ ।

 

No description available.

GBIME

प्रतिक्रिया दिनुहोस्