काठमाडौं। तीन दिनदेखि स्थिर रहेको सुनचाँदीको मूल्य बढेको छ । साताको दोस्रो कारोबारको दिन छापावला सुन प्रतितोला ३ सय रुपैयँले बढेर प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा बजारमा खरिद बिक्री भएको हो । अघिल्लो दिन छापावला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको थियो ।
साथै, आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५ रुपैयाँम कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय रुपैयँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्