Shikhar Insurance
National Life

सञ्चालनमा आएन रामग्राम बसपार्क, अव्यवस्थित पार्किङले दुर्घटना बढ्दै

सिंहदरबार संवाददाता
२०८० माघ १४, आईतवार १८:१९
Hyundai
NCELL
NIMB

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ स्थित रामग्राम बसपार्कमा वर्षौ बित्दा पनि संचालनमा नआउँदा सर्वसाधारणहरु मार्कामा पर्दै गएका छन् । रामग्राम बसपार्क जाने बाटो साँघुरो र खाल्डाखुल्डी भएको भन्दै चालकहरुले गाडी लैजान नमान्दा सर्वसाधारणलाई सस्ती भएको हो । सदरमुकामबाट टाढा (एकान्त) नदीको किनारामा अव्यवस्थित ढंगले बसपार्क निर्माण भएको भन्दै सर्वसाधारणहरुले सरकार प्रति गुनासो पोखेका छन्।

त्यसैगरि महेशपुर बसपार्कको निर्माण कार्य सम्पन्न भएको महिनौं बितिसक्दा समेत बसपार्क सञ्चालनमा आउन सकेको छैन । अव्यवस्थित पार्किङले विभिन्न दुर्घटनाहरु निम्त्याइरहेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै,यात्रीहरूलाई गाडी कुर्नका लागि बस्ने ठाउँ समेत नभएकाले गुनासो गरेका छन् । सर्वसाधारण जनता र यहाँका स्थानीयहरु बसपार्क सञ्चालनमा नआउनुको कारण प्रति पटकपटक स्थानीय निकायलाई ध्यानाकर्षण गराउँदा पनि स्थानीय निकायले यस प्रति चासो नदेखाएको भन्दै आक्रोश व्यक्त गरेका छन।

GBIME

प्रतिक्रिया दिनुहोस्