काठमाडौं । सिक्लेस हाईड्रोपावर लिमिटेडका सञ्चालक कुल प्रसाद आचार्यद्वारा पेश गरिएको राजिनामा स्विकृत भएको छ । माघ १२ गते बसेको संचालक समितिको बैठकको निर्णयले आचार्यको राजिनामा स्विकृत भएको हो ।
सोहि बैठकले रिक्त रहेको पदमा संस्थापक समुहबाट कमल प्रसाद भण्डारी र स्वतन्त्र संचालकको स्थानमा ताजश्री सिंहलाई नियुक्त गरेको छ । उनीहरुलाई चार वर्षको लागि नियुक्ति गरेको हो ।
प्रतिक्रिया दिनुहोस्