Shikhar Insurance
National Life

सडेको खाना बिक्री गर्ने मुनाल होटललाई ५ हजार जरिवाना

सिंहदरबार संवाददाता
२०८० माघ १२, शुक्रबार १७:११
Hyundai
NCELL
NIMB

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालित एक होटल कारवाहीमा परेको छ । होटलले ग्राहकलाई खुवाउन राखेको मासु सडेको भेटिएपछि राप्ती मुनाल होटललाई बजार अनुगमन टोलीले कारबाही गरेको हो ।

होटलमा बिक्रीका लागि राखिएको खाद्य सामग्री सडेको अवस्थामा फेला परेपछि कारवाही स्वरुप ५ हजार जरिवाना गरिएको गैँडाकोट नगरका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतमले जानकारी दिए । मुनाल होटलले पकाएको चियामा टमाटर भेटिएको, सरसफाइमा ध्यान नदिएको, खानेकुरा राख्दा समेत खाद्य गुणस्तरमा ध्यान नदिइएको तथा उचित व्यवस्थापन नगरेको पाइएपछि कारबाही गरिएको उनले बताएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गैँडाकोटमा सञ्चालित अधिकांश किराना पसल तथा होटलहरुमा चिसो पेय पदार्थको म्याद गुज्रिएको फेला परेका खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्यले जानकारी दिईन् । ती पसलका सञ्चालकले आफूहरुलाई डिलरले झुक्याएर त्यस्ता सामग्री छाड्ने गरेको गुनासो गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्