Shikhar Insurance
National Life

‘भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्ने’

सिंहदरबार संवाददाता
२०८० माघ १२, शुक्रबार १४:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री डा महतले विभिन्न प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड तथा असल अभ्यासको प्रयोग गर्दै अत्याधुनिक भन्सार प्रशासन निर्माणतर्फ सबैको पहल आवश्यक रहेको औँल्याएका हुन् ।

“समग्र भन्सार प्रशासनलाई सुदृढ बनाई राजस्वको लक्ष्य हासिल व्यवसायको यथार्थ मूल्याङ्कनका आधारमा करको दायरमा ल्याउनुपर्छ । भन्सार क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गरी अत्याधुनिक भन्सार प्रशासन निर्माणतर्फ केन्द्रित हुन आवश्यक छ”, मन्त्री महतले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री महतले भन्सार क्षेत्रलाई प्रभावकारी बनाउन भन्सार प्रशासन नयाँ प्रविधि प्रयोग गर्न उत्सुक हुनुपर्नेमा जोड दिए । “भन्सार क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गर्नेमा भन्सार प्रशासन उत्सुक नभएको पाइएको छ । त्यो प्रवृत्ति त्याग्नुपर्छ । मुख्य नाकामा प्रविधिको प्रयोग बढाउनुपर्छ ।” उनले अर्थतन्त्रलाई थप चलायमान बनाउन राजस्व प्रशासनलाई चुस्त बनाउन आवश्यक रहेकोमा जोड दिए । समयसापेक्ष नविनतम प्रविधिको प्रयोग गरी सदाचारिता र पारदर्शिता कायम गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।

अर्थमन्त्री डा महतले विद्युतीय हस्ताक्षरको शुभारम्भ, भन्सार सङ्ग्रहालय उद्घाटन, ‘भन्सार स्मारिक’ पुस्तक विमोचन गरेका छन् । सोही अवसरमा विभागका पूर्वमहानिर्देशक शर्मालाई कदरपत्र प्रदान गरियो । विभागले २५ उत्कृष्ट कर्मचारी, आठ एजेन्टलाई पनि सम्मानित गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्