काठमाडौं। लगातार चार दिनदेखि स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले घटेको छ । साताको पाँचौ कारोबारको दिन छापावला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन (बुधबार) छापावला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार खरिद बिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन मूल्यमा प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुप्ैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँमना कारेबार भएको छ । अघिल्लो दिन प्रतितोला १ हजार १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो महासंघले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्