काठमाडौं । सिंगटी हाइड्रोपावर कम्पनीले साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको माघ ९ गते बसेको बैठकले फागुन १ गते १४औं बार्षिक साधारण सभा डाक्ने निर्णय गरेको हो ।
कम्पनीले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो । सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आव ०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । सभामा कम्पनीका लेखापरीक्षकद्धारा पेश भएको आव ०७९/०८० का वासालत नाफा नोक्सान हिसाब र नगद प्रवाह लगाएतका वित्तीय विवरणहरु सहितको लेखापरीक्षण प्रतिवेदन छलफल गरी प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले सभामा हकप्रद सेयर जारी गर्ने सम्बन्धमा कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा आवश्यक संशोधन थपघट वा परिर्माजन गर्नु परेमा सो कार्य गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ । कम्पनीले माघ १८ गतेका लागि बुक क्लोजको मिति तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्