काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १०.२५ अंकले घटेर २०८८.०४ बिन्दुमा बन्द भएको हो ।
बुधबार ३११ कम्पनीको १ करोड १० लाख ४९ हजार ९ सय ४९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५ सय ९८ रुपैयाँको कारोबार भएको छ। बुधबार सबैभन्दा धेरै हिमायन रिइन्स्योरेन्सको कारोबार भएको छ । उक्त दिन कम्पनीको सेयर २५ करोड १५ लाख ६८ हजार ६७ कित्ता सेयर किनबेच भएको छ । साथै, आज सबैभन्दा कम तेह्रथुम पावर कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्