काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी भावना सिं सिजिापतिको नामा रहेको १ हजार ६ सय ३० कित्ता सेयर बिक्रिमा ल्याएको हो । सेरयको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ ।
उक्त सेयर खरिद गर्ने इच्छुक विद्यामान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं नक्साल आइपुग्ने गरी आवेदन पेश गर्न सक्नेछन् ।
साथै, तोकिएको समयमा आवेदन नपरेमा कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुल्ला गर्ने बैंकले जानकारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्