Shikhar Insurance
National Life

ललितपुरमा नापी सर्वेक्षकसहित तीन जना घुससहित पक्राउ

सिंहदरबार संवाददाता
२०८० माघ १०, बुधबार १२:३३
Hyundai
NCELL
NIMB

ललितपुर । ललितपुर नापी कार्यालयका नापी सर्वेक्षकसहित तीन पक्राउ परेका छन् । नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादवसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा उहाँसहित लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई मङ्गलबार कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए । मङ्गलबार एक विज्ञप्ति जारी गर्दै उनले तीनैजनालाई २ लाख ५० हजार घूससहित पक्राउ गरिएको पुष्टि गर्दै उनीहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्