Shikhar Insurance
National Life

सवारीसाधनको भाडादर घट्यो

सिंहदरबार संवाददाता
२०८० माघ ९, मंगलवार १२:२८
Hyundai
NCELL
NIMB

खोटाङ, । जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सबै सवारीसाधनको भाडादर घटाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा यातायात व्यवसायी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्रफिक प्रहरी कार्यालय र सरोकारवाला निकायको संयुक्त पहलमा यसअघि लिने गरिएको भाडादरलाई घटाएर नयाँ भाडादर कायम गरिएको हो ।

जिल्लामा सञ्चालित बस, सुमो (जीप), अटो र भ्यान सञ्चालकसँग छुट्टाछुट्टै छलफल गरेर सवारीसाधनको भाडादर घटाइएको प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहले बताए । “जिल्लामा सञ्चालित सबै सवारीले आफूखुसी भाडा लिने गरेका थिए । यसलाई व्यवस्थित गर्न पहिलो चरणमा बसको एकतर्फी भाडा रु तीन सय १० सम्म घटाइएको छ”, उनले भने, “भाडादरलाई अझ स्थायी बनाउन केही दिन लाग्ने भएको छ । बस, सुमो, अटो र भ्यान सञ्चालक समितिबाट एक–एकजना, उद्योग वाणिज्य सङ्घ, ट्राफिक प्रहरी, पत्रकार महासङ्घ, नागरिक समाज, १० वटै स्थानीय तहका एक–एकजना प्रतिनिधि राखेर समिति निर्माणगरी वैज्ञानिक तवरबाट भाडा तोकिने र त्यसैलाई स्थायीरूपमा निरन्तरता दिने निर्णय गरिएको छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

बसमा दिक्तेल–खुर्कोट ९ सय ५०, दिक्तेल–काठमाडौं एक हजार तीन सय, दिक्तेल–रसुवा–गाईघाट–धरान खडकखण्डमा दिक्तेल–गाईघाटको १ हजार, दिक्तेल–इटहरीको १ हजार ३ सय, दिक्तेल–धरान १ हजार ३ सय ५० रुपैयाँ र दिक्तेल–कटारी–धरान–विराटनगर–काँकडभिट्टा सडकखण्डमा दिक्तेल–कटारी १ हजार, दिक्तेल–मिर्चैया १ हजार १ सय रुपैयाँ, दिक्तेल–लहान १ हजार २ सय रुपैयाँ, दिक्तेल–इटहरी १ हजार चार सय ५० रुपैयाँ, दिक्तेल–धरान १ हजार ५ सय, दिक्तेल–विराटनगर १ हजार ५ सय ५० रुपैयाँ  र दिक्तेल–काँकडभिट्टा १ हजार ७ सय ५० रुपैयाँ नयाँ भाडार कायम गरिएको छ । दिक्तेल–भोजपुरअन्तर्गत दिक्तेल–चखेवा ५ सय ५० रुपैयाँ , दिक्तेल–भोजपुर ८ सय रुपैयाँ, दिक्तेल–मानेभन्ज्याङ ५ सय ३० रुपैयाँ, दिक्तेल–रोक्सिम भन्ज्याङ ६ सय रुपैयाँ, दिक्तेल–खोटाङबजार ७ सय
रुपैयाँ भाडादर तोकिएको छ ।

यात्रुको सहजताका लागि जिल्लाभित्र तथा बाहिर सञ्चालन हुने सबै स्थानको भाडा घटाइएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिएका छन् । “व्यवसायसँगै यात्रुलाई सहजता प्रदान गर्ने उद्देश्यले सबै सवारीको भाडादर घटाइएको छ । नयाँ भाडादरअनुसार भाडा लिन र दिन व्यवसायी तथा यात्रुलाई आग्रह गरेका छौँ”, उनले भने,“यातायात व्यवसायीले तोकिएको भाडादर लागू नगरेको खण्डमा हामीलाई खबर गर्नुहोस्, तुरुन्त कारबाही गर्छौँ ।” लामो दूरीमा चल्ने सुमोले सबै ठाउँको १ सय रुपैयाँ भाडा घटाउने र भ्यानले दिक्तेलबाट मुडेसम्मको १ सय रुपैयाँ, हुर्लुङ १ सय ५०, नुनथला २ सय रुपैयाँ, महुरे २ सय रुपैयाँ ५०, अर्खौले ३ सय रुपैयाँ र हलेसी ३ सय रुपैयाँ ५० भाडा लिनुपर्ने जनाइएको छ । भ्यानले दिक्तेलबाट हलेसी रिजर्भ जाँदा ३ हजार ५ सय रुपैयाँ मात्रै लिन पाउनेछन् । अटोले सेवा दिइरहेको ठाउँमा ५० घटाउने र दिक्तेलको रत्नपार्कबाट जिल्ला अस्पतालसम्म बिरामी लानुपरेमा बिरामी र सहयोगीको २ सय ५० रुपैयाँ र बिरामी सहित तीनजना भएमा ३ सय ५० रुपैयाँ लिने निर्णय भएको छ । जिल्लामा सञ्चालन हुने अटोले सबैभन्दा बढी मनपरी भाडा लिने गरेको यात्रुको गुनासो छ ।

यसैबीच दिक्तेलको आचार्य गाउँमा रहेको बसर्पाकमा दैनिक पाँचवटा बस लैजाने र त्यहाँ ‘इन्ट्री’ गरेरमात्रै माथि आउन पाइने, यात्रु लिन सोल्मा बसपार्कमा बस अनिवार्य जानुपर्ने र आन्तरिकरूपमा चल्ने यातायातका साधन सोल्मा बसपार्क लैजाने निर्णय भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताएका छन् । सडकको दायाँबायाँ यत्रतत्र गाडी पार्किङ गर्न नपाइने, यदि पार्किङ गरेको खण्डमा कानुन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने पनि निर्णय गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा बस, जीप, अटो र भ्यानगरी करिब तीन सय ५० हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्