काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले भाषा संग्रहालय स्थापना गर्ने बताएका छन् । आईतवार मन्त्रालयमा श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । किराँतीले भाषा संग्रहालयका लोगि सोमवार (भोलि) नै भाषा म्युजियम अध्ययन समिति बनाउने घोषणा समेत गरे ।
उनले पशुपति क्षेत्र विकास कोषको गोठाटारको जग्गामा हिन्दु विश्वविद्यालय बनाएरै छोड्ने प्रतिवद्धता पनि जनाए । उनले हिन्दु विश्वविद्यालय नेपाललाई आवश्यक रहेको बताए ।
किराँतीले भने, ‘गोठाटारको जग्गा श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि दिन औपचारिक निर्णय दिने नै छौँ । यतिले मात्रै हुँदैन यो त अजकल्टो हुन्छ । यसलाई पूर्ण तयारी र सञ्चालनसम्म पु¥याउन पनि एउटा सानो समिति गठन गर्छौं । यहाँ त संविधानको बारेमा बोल्न पनि डराउनुपर्ने क्या ।
मैले सबै अस्तित्व समान छन्, अस्वीकार गर्ने बित्तिकै द्वन्द्व हुन्छ, अस्वीकार गर्नेलाई नेपाल सरकारले चिन्न सक्दैन भनियो । मान्छेहरु घुमाएर द्वन्द्व चाहन्छन्, शान्ति चाहँदैनन् । म भाषाको म्युजियम बनाउँदैछु । भाषा म्युजियम अध्ययन समिति बनाउँदैछु । हिन्दु विश्वविद्यालय हामीलाई चाहिन्छ ।’
मन्त्री किराँतीले विश्वविद्यालयलाई पूर्ण सञ्चालनका लागि मन्त्रालयले समिति गठन गर्ने बताए ।
न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्