काठमाडौं। साताको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँले बढेको छ । शुक्रबार (अघिल्लो दिन) छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज (आइतबार) प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाद १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैंयामा कारोबार भएको थियो ।
साथौ, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाले घटेर १ हजार १३ सय ९० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार १३ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्