Shikhar Insurance
National Life

यूरोपमा विद्युतीय कार बिक्रीमा उछाल, ३७% ले बढ्याे बजार

सिंहदरबार संवाददाता
२०८० माघ ५, शुक्रबार ०८:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । सन् २०२३ मा यूरोपमा नयाँ मोडेलका कारको बिक्रीमा १३.९ प्रतिशतले वृद्धि भएको छ भने विद्युतीय सवारी साधनले पहिलो पटक डिजेललाई उछिनेको ‘यूरोपियन अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन’ ले जनाएको छ ।

एसोसिएसनका अनुसार सन् २०२३ मा विद्युतीय कारको बिक्री अघिल्लो बर्षको तुलनामा ३७ प्रतिशतले बढेको छ भने नयाँ कारको कूल बिक्रीमा १४.६ प्रतिशतले वृद्धि भएको छ । यो आँकडा सन् २०२२ को तुलनामा कूल बिक्रीमा निकै कमी हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत बर्ष नयाँ सवारी दर्ता सन् १९९३ यताकै सबैभन्दा न्यून स्तरमा झरेको थियो । सन् २०२२ को तुलनामा फ्रान्स, इटाली र स्पेनमा बिक्रीमा दोहोरो अङ्कको वृद्धि भएको छ । कार कम्पनीहरूले जीवास्म इन्धन जलेर चल्ने इन्जिन गाडीहरूको बिक्री चरणबद्ध रूपमा समाप्त गर्न युरोपेली युनियनले २०३५ को समयसीमा तोकेको छ ।

गत वर्ष हाइब्रिड कारको बिक्री पनि करिब ३० प्रतिशतले बढेको थियो । यद्यपि, पेट्रोल कारहरू अझै पनि नयाँ वाहन बजारको एक ठूलो हिस्सा रहेको छ । पेट्रोल कारको बजारले गत बर्ष यूरोपभरको बिक्रीको ३५.३ प्रतिशत अर्थात् ३७ लाख कारहरूको विक्रीको प्रतिनिधित्व गरेको थियो ।

भोल्क्सवागनले सन् २०२३ मा अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत बढी अर्थात् २८ लाख नयाँ कार बिक्री गरेको उक्त कम्पनीले जनाएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्