Shikhar Insurance
National Life

पहिलो जलविद्युत आयोजना निर्माण गरेको भन्दै व्यवसायी जीतबहादुर श्रेष्ठ सम्मानित

सिंहदरबार संवाददाता
२०८० माघ ४, बिहीबार १६:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपाल (इप्पान) ले व्यवसायी जीतबहादुर श्रेष्ठलाई सम्मान गरेको छ । १ मेगावाटभन्दा ठूलो पहिलो जलविद्युत आयोजना निर्माण गरेको भन्दै उनलाई सम्मान गरिएको हो । श्रेष्ठ नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष हुन् ।

यो कम्पनीले ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजना निर्माण गरेको थियो। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका र मेलम्ची नगरपालिकामा आयोजना निर्माण भएर सञ्चालनमा छ । करिब २५ वर्षदेखि आयोजनाले व्यवसायिक उत्पादन गरिरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्मानपत्र दिएका छन् । सम्मान कार्यक्रममा ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतको पनि उपस्थिति थियो । श्रेष्ठ नेपाल बंगलादेश बैंकका संस्थापक अध्यक्ष समेत हुन् । सम्मानका लागि इप्पानलाई धन्यवाद दिदै श्रेष्ठले आगामी दिनमा काम गर्नका लागि ऊर्जा मिलेको प्रतिक्रिया दिएका छन् ।

इप्पानले ६ वटा विधामा ‘इप्पान डे’को अवसरमा सम्मान गरेको छ । १ मेगावाटभन्दा सानो १८३ किलोवाटको स्याङगे खोला जलविद्युत आयोजनालाई सम्मान गरेको छ । जसको प्रवर्द्धक स्याङगे इलेक्ट्रिसिटी कम्पनी लिमिटेड हो ।
ऊर्जा क्षेत्रमा लगानी गर्ने पहिलो बैंकका रुपमा नविल बैंकलाई सम्मान गरेको छ ।

पहिलो निर्माण कम्पनीका रुपमा एभरेष्ट निर्माण कम्पनी, पहिलो इन्सुरेन्स कम्पनी आइजिआई प्रुडेन्सियल इन्सुरेन्सलाई सम्मान गरेको छ । वेष्ट हाइड्रो पत्रकारका रुपमा वरिष्ठ पत्रकार विकास थापा,इप्पान विशेष सम्मान ४ जनालाई गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्