Shikhar Insurance
National Life

नेपाललाई समृद्धिको बाटोमा लैजाने क्षेत्र जलविद्युत होः अध्यक्ष कार्की

सिंहदरबार संवाददाता
२०८० माघ ४, बिहीबार १४:०४
Hyundai
NCELL
NIMB

काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युतको विकास भएमात्रै मुलुक समृद्ध हुने बताए ।

बिहीवार इप्पानको २४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउनको लागि जलविद्युत विकास पहिलो भएको र सरकारले १० वर्षमा २८ हजार भन्दा बढी जलविद्युत उत्पादन गर्ने लक्ष्य हासिल गर्न उर्जा मन्त्रालयलाई शक्तिशाली बनाउन आवश्यक रहेको बताए । मुलुकलाई समृद्धिको बाटोमा लैजाने क्षेत्र भनेकै जलविद्युत भएको दाबी गर्दैँ उनले बैंक तथा वित्तिय क्षेत्रले पनि जलविद्युतमा लगानी वृद्धि गर्न आवश्यक रहेको बताए । १० वर्षमा २८ हजार बढी विद्युत उत्पादन गर्न ४६ खर्ब रुपैयाँ आवश्यक पर्ने बताउदैँ अध्यक्ष कार्कीले त्यसका लागि नेपाल भित्रबाट कति सम्भव भन्ने कुरामा राष्ट्र बैंक र बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले पनि सोच्नुपर्ने आवश्यकता रहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सरकारले २८ हजार जलविद्युत उत्पादन गर्ने लक्ष्य प्राप्तिको लागि उर्जा मन्त्रालयलाई शक्तिशाली मन्त्रालयका रुपमा विकास गरी सबै काम उर्जा मन्त्रालयबाट गर्नसक्ने वातावरण बनाउन आवश्यक रहेको बताए । उर्जा क्षेत्रका सबै काम उर्जा मन्त्रालयबाट नै हुनेगरी उर्जा मन्त्रालयलाई शक्तिशाली बनाउन आवश्यक देखिएको उल्लेख गर्दैँ उनले सरकारले जलविद्युत क्षेत्रका लागि धेरै खालका नीतिगत सुधारहरु गर्नुपर्नेमा जोड दिए । जलविद्युत उत्पादनका लागि झनझटिला नीति र कार्यविधिहरुलाई सरकारले सुधार गरेर लैजानसके मात्रै २८ हजार मेगावट विद्युत उत्पादनको लक्ष्य हासिल हुनसक्ने उनको भनाई छ ।

अध्यक्ष कार्कीले अबको १० वर्षलाई उर्जा दशक घोषणा गर्न माग गरे । उनले पछिल्लो समय जलविद्युत उत्पादनमा विभिन्न खालका समस्या रहेकाले कम्पनीहरुको आम्दानी समेत घट्ने अवस्थामा रहेको बताउनु भयो ।

GBIME

प्रतिक्रिया दिनुहोस्