Skip to content
Shikhar Insurance
National Life

सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै स्थानीयवासीको विरोध

Hyundai
NCELL
NIMB

इलाम । इलाममा निर्माणाधीन देउमाई–फाकफोक दोभान– नावालुङ– देउराली– हुलाक सडकको काम गुणस्तरहीन सामग्री प्रयोग भएको भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । जिल्लाको माङसेबुङ गाउँपालिका–१ मा पर्ने सो सडक खण्डको सब–बेसको काममा गुणस्तरहीन सामग्रीको प्रयोग गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका हुन् ।

निर्माणमा संलग्न कम्पनीले लापरबाही रुपमा काम गरेको उनीहरुको आरोप छ । उनीहरुले गुणस्तरहीन काम रोक्न ठेकेदार कम्पनी देउमाई निर्माण कम्पनीलाई चेतावनी दिएका छन् । देउमाई–फाकफोक दोभान– नावालुङ–देउराली–हुलाक सडक आयोजनाको करिब पाँच किलोमिटर सडक सब–बेसमा गुणस्तरहीन सामग्री प्रयोग माङसेबुङ गाउँपालिका–१ का वसन्त योङहाङले बताए ।

स्थानीयवासीले वडाध्यक्ष भूपाल योङहाङ र प्राविधिक कर्मचारी दीपक चौधरीसहित स्थानीय राजनीतिक दलहरुलाई अनुगमन र निरीक्षणसमेत गराएका छन् । ठेकेदार कम्पनीले सब–बेसमा खोलाको ढुङ्गा–गिटी–बालुवा (रिभरबेस) हाल्नुपर्नेमा खानीको माटो प्रयोग गरेको योङहाङले बताए। “हामीले पहिलेदेखि नै ठेकेदार कम्पनीलाई गुणस्तरीय काम गर्न अनुरोध गरेका हौँं तर उहाँले बेवास्ता गर्नुभयो” स्थानीय योङहाङले भन्े, “ठेकेदार कम्पनीले सब–बेसमा माटो मात्र प्रयोग गरेका छन् । विच्छ्याएको सब–बेस हातले कोट्याउँदा माटो निस्कन्छ । यस्तो तरिकाले त राज्यको पैसा दुरुपयोग भएको छ ।”

उनले छिट्टै सरोकारवालाको दबाब समूह गठन गरी गुणस्तरीय काम गर्न ठेकेदार कम्पनीलाई दबाब दिने र भुक्तानी रोक्न गाउँपालिकामा अनुरोध गर्ने तयारीमा रहेको बताए । वडाध्यक्ष भूपाल योङहाङले अनुगमनका ठेकेदार कम्पनीको लापरबाही देखिएको बताए । अनुगमन र निरीक्षणका क्रममा ठेकेदार कम्पनीले खोलाको ढुङ्गा–गिटी–बालुवा प्रयोग गर्नुपर्नेमा स्थानीय घोर्लेभीर (खानी) को माटो प्रयोग गरेको पाइएको प्राविधिक कर्मचारीले बताए ।

यता ठेकेदार कम्पनी देउमाई निर्माण सेवाका प्रोपाइटर रमेश बस्नेतले भने गुणस्तरहीन सामग्री नै प्रयोग गरिएको जिकिर गर्नुभयो । उहाँले खोलाको मात्र ढुङ्गा–गिटी–बालुवा प्रयोग गरे बाटो बलियो नहुने भएकाले खानीको माटो पनि मिसाउनुपरेको बताए ।
–––

GBIME

प्रतिक्रिया दिनुहोस्