Shikhar Insurance
National Life

समयमै परीक्षा र नतिजा नपाएपछि विद्यार्थीले विदेशी विश्वविद्याल रोज्न थालेः मन्त्री शर्मा

सिंहदरबार संवाददाता
२०८० माघ ३, बुधबार १३:०९
Hyundai
NCELL
NIMB

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा र नतिजा प्रकाशन नगर्दा विद्यार्थीले विदेश रोज्न थालेको बताईन् ।

बुधवार त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा नलिने र समयमा नै नतिजा प्रकाशन नगर्ने गुनासोहरु बढेको भन्दै विद्यार्थी सोही विषयलाई लिएर निजी विश्वविद्यालय र विदेशी विश्वविद्यालयतिर बिस्तारै आकर्षित भइरहेको बताईन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्ययन÷अध्यापन र परीक्षा, नतिजा लगायका विषयहरु सूचना र प्रविधिसँग जोड्दा समस्या समाधान हुने बताउदैँ उनले अनलाइनमाध्यमबाट अघि बढ्न विश्वविद्यालय पनि माथि उठ्ने विश्वास व्यक्त गरिन् ।

मन्त्री शर्माले सूचना तथा सञ्चार क्षेत्रलाई राज्यले अत्यावश्यक रुपमा लिन नसक्दा यी समस्याहरु सिर्जना भएको बताईन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्