Skip to content
Shikhar Insurance
National Life

सरकार ! उड्ने र गुड्नेबीच विभेद किन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले भोलिदेखि सुरू हुने निषेधाज्ञामा सार्वजनिक सवारी बन्द गर्ने जनाएको छ । तर, यस अवधिमा हवाई उडान भने खुल्लै रहने बताइएको छ ।हवाई मार्गबामट यात्रा गर्नेका लागि विमानस्थलसम्म जान पनि दिइने भएको छ । यस्तोमा सार्वजनिक यातायात भने बन्द हुनेछ ।

राजधानीभित्र यात्रुवाहक सेवा बन्द गर्ने विषयमा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले आपत्ति जनाएको छ । महासंघले भनेको छ, “स्थल यातायात निषेध गरी हवाई यातायातबाट यात्रु लैजान पाउने व्यवस्था विभेदपूर्ण निर्णय हो ।” महासंघले आवश्यक स्वास्थ्य सुरक्षा अबलम्बन गरी स्थल यातायातबाट यात्रु लैजान खुला गरिनुपर्ने माग पनि राखेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्