Skip to content
Shikhar Insurance
National Life

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुलाई बिगमार्टमा विशेष छुटकाे व्यवस्था गरेकाे  छ ।  बैंकको क्रेडिटकार्ड बाहकहरुले बिगमार्टमा सामान खरिद गरी भुक्तानी गर्दा खरिद मुल्यमा १० प्रतिशत छुट पाउनेछन् ।

बैंकको क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसँगको सहकार्यमा ल्याएको यस योजनामा ग्राहकहरुले बिगमार्ट स्टोरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३०० सम्म छुट पाउनेछन् । उक्त छुट योजना यहि माघ महिनाभरी मात्र लागू हुनेछ ।

जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस बिगमार्ट विन्टर अफरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कारहरु प्रदान गरिनेछ । यो अफर हाल बिगमार्टको ८१ वटा भन्दा बढी स्टोरहरुमा उपलब्ध रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्