काठमाडौं । नेपाल टेलिकमले आजबाट लाभांश पठाउन सुरु गरेको छ । टेलिकमले आफ्ना सेयरधनीलाई आज माघ २ गते देखि नगद लाभांश खातामा पठाउन सुरु गरेको हो ।
गत पुस २९ गते सम्पन्न साधारण सभाले सो बराबरको लाभांश दिने प्रस्ताव पारित गरेको हो । कम्पनीले सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ४० प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गर्न लागेको छ ।
टेलिकमले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट गराउन सेयरधनीलाई आग्रह गरेको छ । खाता अपडेट गरे मात्रै नगद लाभांश आउने सूचनामा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्