Skip to content
Shikhar Insurance
National Life

रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ्ग विधिबाट माघ १० गते आईपीओ जारी गर्दै

Hyundai
NCELL
NIMB

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले बुक बिल्डिङ्ग विधिबाट माघ १० गतेदेखि आईपीओ  जारी गर्ने भएको छ । कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरुको लागि आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात् १९ लाख २६ हजार ६ सय कित्ता साधारण सेयर जारी गर्नेछ । जसमध्य पहिलो चरणमा ७ लाख ७० हजार ६४० कित्ता सेयर पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि बिक्री गर्ने भएको छ । बाँकी ११ लाख ५५ हजार ९६० कित्ता सेयर पछि सर्वसाधारणका लागि जारी हुनेछ ।

पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताले माघ १४ गतेसम्म नेपाल स्टक एक्स्चेन्ज नेप्सेंमा बोलकबोल आवेदन दिनेछन् । संस्थागत लगानीकर्ताका लागि न्यूनतम मूल्य प्रतिकित्ता ६०८ रुपैयाँदेखि अधिकतम मूल्य ९१२ रुपैयाँसम्म तोकिएको छ ।

कम्पनीको धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। योग्य संस्थागत लगानीकर्ताहरूले नेपाल स्टक एक्सचेन्जको रजिस्टर्ड कार्यालय, यूएनआई शान्ति मार्ग, भद्रकालीमा गई बोलपत्र आवेदन फाराम परिवर्तक भरी सिलबन्दी गरिएको गोप्य बोलपत्र फाराम बुझाउनु पर्नेछ।

कम्पनीले जारी गरेको सूचनाअनुसार बोलपत्र पेस गर्ने अन्तिम मितिको भोलीपल्ट धितो पत्र बजारले योग्य संस्थागत लगानीकर्ताहरूलाई निष्कासित धितो पत्र पूर्ण रूपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण हुने जनाएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्