Skip to content
Shikhar Insurance
National Life

खेलकुद अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्धको पुल हो,यसलाई युवाहरुको मुद्दाका रुपमा मात्रै लिनु हुँदैन: प्रधानमन्त्री

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले खेल क्षेत्रको विकासलाई राष्ट्रको बहुआयामिक वृहत्तर हितको मुद्दाको रुपमा अघि बढाउनुपर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा नेपाल वादोरियो कराते संघको आयोजनामा भएको चौथो राष्ट्रिय वादोकाइ कराते प्रतियोगिताको उद्घाटन गर्दै उनले खेल क्षेत्रको विकास केवल युवाहरुको मात्रै मुद्दा नभइ राष्ट्रको बहुआयामिक वृहत्तर हितको मुद्दाको रुपमा हेर्न र बुझ्न सक्नुपर्ने बताए ।

विश्व राजनीति, अर्थतन्त्र, पर्यटनको विकास र अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले समेत खेलकुद क्षेत्र र खेलाडीहरुले राष्ट्रिय पुलको काम गर्नसक्ने नेपाल जस्तो विकासोन्मुख देशका लागि खेलकुद अर्थतन्त्रको महत्वपूर्ण र अन्तर्राष्ट्रिय कुटनीतिमा महत्वपूर्ण सावित हुने पनि बताए । उनले खेल क्षेत्र शारीरिक र मानसिक क्रियाकलापमा मात्रै सिमित नरहेको भन्दै आजको संसारमा खेलकुदको महत्व बहुआयामिक रहेको जिकिर गरे । प्रधानमन्त्री दाहालले मुलपानी मैदान तल्लो, मोरङको वैदनाथपुरमा निर्माणाधिन गिरिजाप्रसाद कोईराला क्रिकेट रंगशाला र चितवनको भरतपुरमार रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेश गरिसकेकाले अब द्रुत गतिमा काम अघि बढ्ने बताए ।

प्रधानमन्त्री दाहालले देशको विकास र प्रगतिका निम्ति प्रशस्त सम्भावनामध्ये खेलकुद क्षेत्र महत्वपूर्ण रहेको बताएका छन् । प्रधानमन्त्रीको आफ्नो तेस्रो कार्यकालमा खेलाडीहरुको वृत्ति विकास र प्रोत्सहनलाई केन्द्रमा राखेर काम गर्दै आएको दाबी गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्